संघ र प्रदेशमा गरी बाँकेले पायो तीन मन्त्री

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार १९:१४
 


नेपालगञ्ज :  शुक्रबार पुर्णता पाएको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा बाँकेका २ जनाले स्थान पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषदमा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेसँगै बाँकेका महेश्वर गहतराज अथक र गजेन्द्र हमालले स्थान पाएका हुन् ।

बाँके क्षेत्र नं. १ बाट निर्वाचित महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री बनेका छन् भने नेपाली काँग्रेसका पूर्व जिल्ला सभापतिसमेत रहेका नेता गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुदै बाँकेको प्रतिनिधित्व गर्दै नयाँ मन्त्रीमण्डलमा सहभागी भएका छन् ।


यस्तै शुक्रबार नै मन्त्रीमण्डल बिस्तारको तयारी गरीएको लुम्बिनी प्रदेश सरकारमा समेत बाँकेका साँसद सुरेन्द्र हमाल मन्त्री बन मन्त्री भएका छन । उनी र उद्योग मन्त्री गजेन्द्र सहोदर दाजुभाई हुन । संभवत एकै दिन मन्त्री हुने सौभाग्य प्राप्त गर्ने हमाल दाजुभाई भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडपाण्डाको छालासहित बाँकेमा एक जना पक्राउ

२२ आश्विन २०७८, शुक्रबार १९:१४
नेपालगञ्ज : दुर्लभ वन्यजन्तुको छालासहित बाँकेमा एक जना पक्राउ परेका छन् । जाजरकोट भेरी नगरपालिका वडा नं. १ का २८ वर्षीय मनिराम सुनार रेडपाण्डाको छालासहित पक्राउ परेका हुन् । दुर्लभ वन्यजन्तुको छालाको कारोबार भईरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई शनिवार बिहान ५ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. […]

सम्बन्धित