‘पन्ध्र मिनेटको अप्रेशनमा मर्यो बग्दादी’

११ कार्तिक २०७६, सोमबार १४:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादी मरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारेको उनले पुष्टि गरेका हुन् ।
ट्रम्पका अनुसार शनिवार हेलिकप्टर एक अज्ञात स्थानबाट अमेरिकी स्पेशल फोर्सलाई लिएर साँझ ५ बजे बाशिङ्टनबाट उडेको थियो । त्यसबेला ट्रम्प ह्वाइट हाउसको सिचुएशन रुपमा अन्य नेताहरुसँगै थिए । हेलिकप्टर एक घन्टा १० मिनेटसम्म दुवै दिशाको आकासमा रह्यो, जबकी अप्रेशन दुई घन्टासम्म चल्यो ।
अधिकारीहरुले अमेरिकी मिडियालाई भनेका थिए कि आइतबार बिहानै सिरियाको इदलिब प्रान्तको गाउँ बारिशालाई अमेरिकी स्पेशल फोर्सले निशाना बनाए । यो टर्कीको दक्षिणी सीमाबाट करिब ५ किलोमिटर दुरीमा छ । इदलिब सिरियाली राष्ट्रपति बसर अल असदका विरोधीहरुको पकड भएको अन्तिम किल्ला हो ।

कसरी मारियो छापा ?
ट्रम्पले भनेका छन, अमेरिकी खुफिया एजेन्सीले पहिलादेखि नै बग्दादीलाई पछ्याइरहेको थियो । र उनीहरुलाई थाहा थियो, बग्दादी यहाँको कुनै सुरुङमा छ । जसमध्ये कतिपय सुरुङमा बाहिर निस्कने बाटोसमेत थिएन । ट्रम्पले यो मिसनमा ठूलो संख्यामा स्पेशल फोर्सलाई संलग्न गराए, जसमा आठ हेलिकप्टर, कयौं पोत र प्लेन पनि संलग्न थिए ।


बगदादी मारिएको स्थान
अमेरिकी हेलिकप्टर टर्कीको आकास हुँदै गयो, सिरियाली र रुसी सेनाको नियन्त्रणको क्षेत्र पनि पार गर्यो । अमेरिकी अप्रेशनबारे रुसलाई जानकारी नभएको तर उसले आफ्ना हेलिकप्टरहरुलाई जान दिएको भन्दै ट्रम्पले भने, ‘रुसले सहयोग नै गर्यो ।’ उनले अघि भने, ‘यो डर थियो कि हामी आफैं त आगोमा पर्दैनौं ? कहिले रफ्तार निकै कम गर्नुपथ्र्यो त कहिले निकै तीव्र ।
जब हेलिकप्टर बग्दादी रहेको क्षेत्रमा पुग्यो, तब गोलाबारी शुरु भयो । यसलाई समाप्त पार्न हामीलाई धेरै बेर लागेन ।’ बरिशा गाउँका एक व्यक्तिले बीबीसीलाई भने, ‘जमिनमा बस्नुअघि हेलिकप्टरबाट ३० मिनेटसम्म गोलाबारी भयो । हेलिकप्टरबाट दुई घरमा मिसाइल पनि हानियो । एउटा घर पूरै ध्वस्त भयो ।’
ट्रम्पका अनुसार बारिशा गाउँमा पहिले एउटा हेलिकप्टर ल्याण्ड भयो । अमेरिकी स्पेशल फोर्सका जवानहरु बगदादी रहेको परिसरको पर्खालमा बसे ताकि मूल ढोकामा फस्नबाट बचियोस् । त्यसपछि अप्रेशन शुरु भयो । अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘पहिले पुरै कम्पाउण्ड खाली गरियो, या त आत्मसमर्पण गरुन् या मारिउन् । ११ बच्चालाई बाहिर निकालियो । त्यसपछि सुरुङमा बग्दादी मात्र रहे ।
बग्दादी सुरुङमा भाग्न लागे, तर त्यो सुरुङमा बाहिर निस्कने बाटो थिएन । त्यसक्रममा बग्दादी निकै रोएको उनले बताए । ट्रम्पले भने, ‘उनी सुरुङको अन्तिम किनारामा पुगे । हाम्रो कुकुरले उनलाई पछ्याइरहेको थियो । आखिरमा उनी खसे र कम्मरमा बाँधेको विस्फोटकमा आफू र सँगै लगेका तीन बच्चालाई उडाए । विस्फोटका कारण उनको शरीर टुक्राटुक्रा भएको थियो । सुरुङ पनि क्षतिग्रस्त भयो ।’ ट्रम्पले भने, ‘१५ मिनेटभित्रै बग्दादी मारिए ।’

बग्दादी मारिएकोमा किन ढुक्क छ अमेरिका ?
राष्ट्रपति ट्रम्पले भनेका छन् जो व्यक्तिले आफूलाई आत्मघाती विस्फोट गराए, उनको शरीरको अवशेषको तत्काल डीएनए जाँच गरिएको थियो, र त्यसबाट मृतक बग्दादी नै भएको पुष्टि भएको छ ।
अमेरिकी स्पेशल फोर्ससँगै विज्ञ पनि रहेको र उनीहरुले नै डीएनए टेष्ट गरेका थिए । विज्ञ टिमले उनको शरीरको केही भाग पनि ल्याएका छन् । यद्यपि अहिलेसम्म बग्दादीको मृत्यु भएको स्वतन्त्र पुष्टि भएको छैन ।
यो अप्रेशनका क्रममा अमेरिकी स्पेशल फोर्सलाई कुनै क्षति नभएको राष्ट्रपति ट्रम्पले बताए । यद्यपि बग्दादीलाई पछ्याउने क्रममा अमेरिकी सेनाका एक कुकर घाइते भएको बताइएको छ । बरु ठूलो संख्यामा बग्दादीका मानिसहरु मारिएका छन् । मारिनेमा बग्दादीका दुई पत्नी पनि छन् । दुवैले आफ्नो शरीरमा विस्फोटक पदार्थ राखेका थिए, तर पड्किन पाएन । (एजेन्सी)

Next Post

नदगसहित बाँकेमा नौँ जुवाडे प्रहरीको फन्दामा

११ कार्तिक २०७६, सोमबार १४:५९
सदरलाइनडटकम, कोहलपुर (बाँके) : साढे तीन लाख नगदसहित बाँकेमा ९ जुवाडे पक्राउ परेका छन् । तीन लाख ३९ हजार चार सय ५० रुपैयाँसहित आइतवार राती कोहलपुरबाट जुवाडेहरु पक्राउ परेका हुन् । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेन्टलको माथिल्लो तलामा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको टोलीले छापा मार्दा […]