तीन सातामै बाँकेमा पुगे सयबढी कोरोना संक्रमित

२३ श्रावण २०७७, शुक्रबार १०:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा तीन साता अघिसम्म १२ जनाको संख्यामा रहको कोरोना संक्रमितको संख्यामा बृद्धि भएर १ सय २ मा पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेले असार ३१ गते जारी गरेको कोरोना चार्टका अनुसार १२ सना संक्रमित रहेकोमा आज साउन २३ गतेसम्म आईपुग्दा बढेर १ सय २ पुगेको हो ।

अहिले बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या ५ सय नाघ्दा कोरोना संक्रमणलाई जितेर घर फर्कने करिब ४ सय पुगेका छन भने दुई जनाको मृत्यु भएको छ ।


स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेका ४ सय ९८ जना र अन्य जिल्ला घर भइ बाँकेमा कार्यरत ४ जनासहित संक्रमित हुनेको संख्या ५ सय २ पुगेको हो ।

बाँकेमा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । ३ सय ९८ जना कोरोना मुक्त भइ घर गएका छन् । विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका ४ गरी १ सय २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितको संख्या अप्रत्यशित रुपले बृद्धि हुन थालेपछि बाँकेमा स्थानीय प्रशासनले निषेधज्ञा जारी गरेको छ ।

Next Post

शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने दुईसय बढी परे कारवाहीमा

२३ श्रावण २०७७, शुक्रबार १०:३९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने करिव २ सयलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि बाँकेमा निषेधज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको पारो व्हात्तै बढेपछि जिल्लामा जारी गरेको निषेधाज्ञा कार्यन्वयन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र बाँकेका प्रहरी प्रमुख ओमबहादुर […]