बाँकेका थप एकजना कोरोनामुक्त

१८ श्रावण २०७७, आईतवार १४:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पताल खजुराबाट डिस्चार्ज हुनेमा कोहलपुर ८ का ३९ वर्षीय पुरुष छन् ।
योसँगै बाँकेमा निको हुनेको संख्या ३ सय ८७ पुगेको छ । संक्रमित २ जनाको भने मृत्यु भएको छ । बाँकेमा कुल संक्रमित ४ सय ३७ मध्ये अव आइसोलेशनमा ५७ जना मात्र छन् ।
तीमध्ये ९ जना बाँके बाहिरका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

कोरोनाका कारण भारतीय मन्त्रीको निधन

१८ श्रावण २०७७, आईतवार १४:०६
सदरलाइनडटकम, काठमाण्डौ : भारत उत्तर प्रदेशकी मन्त्री कमल रानी वरुणको कोरोना भाइरसका कारण मृत्यु भएको छ । गत जुलाई १८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएकी उनको आइतवार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको उपचारका क्रममा लखनउस्थित अस्पतालमै निधन भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले […]