सदरलाइनडटकम,
कञ्चनपुर : जुवा खेलीरहेका १५ जना जुवाडेलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । भीमदत्तनगरपालिका ५ वनखेत र वडा नं. २ शान्तिटोलस्थित दुईवटा होटेलबाट नगद १ लाख ५२ हजार ९ सय ८० रुपैयाँसहित उनीहरुलाई प्रहरीले सोमवार राती पक्राउ गरेको हो ।
वनखेतस्थित शिवराज भट्टको हाई वे फास्ट फुड होटलमा जुवा खेलिरहेका पाँच जना र होटेल सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी शान्तिटोलस्थित माया चौधरीको खाजा पसलमा जुवा खेलिरहेका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।
