विद्युतका कार्यकारी निर्देशक घिसिङद्वारा आयोजनास्थलको निरीक्षण

सदरलाइन संवाददाता २१ मंसिर २०८१, शुक्रबार १९:५३
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकेमा सञ्चालनमा रहेका र निर्माणाधीन विभिन्न विद्युत सम्बन्धी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरमा निर्माण गरेर सञ्चालनमा ल्याएको ट्रान्सफर्मर वर्कशप लगायत अन्य आयोजनाको निरीक्षण गरेका हुन ।

लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख राजीवकुमार सिंहका अनुसार कार्यकारी निर्देशक घिसिङले प्रदेश डिभिजन कार्यालय अन्तर्गतका जिल्ला बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम र प्युठानमा बिग्रिएका ट्रान्सफर्मर मर्मत सम्भारका लागि कोहलपुरमा निर्माण गरिएको ट्रान्सफर्मर वर्कशपको विस्तृत रुपमा निरीक्षण अनुगमन गरे ।


उनले आफू नेपालगञ्जमा आएपछि कोहलपुरमा ट्रान्सफर्मर वर्कशपको निर्माण गरेर सञ्चालनमा ल्याएको जनाउँदै अहिले डिभिजन कार्यालय अन्तर्गतका ६ जिल्ला मात्र नभई कर्णाली प्रदेशका ट्रान्सफर्मर कोहलपुरमै मर्मत सम्भार भइरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङले कोहलपुर ग्रिड, बाँकेको जानकी गाउँपालिका ५ बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत रहेको १३२÷३३ केभी सबस्टेशनको निर्माणस्थलको स्थलगत निरीक्षण अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा उनले आयोजनाको काममा तीव्रता दिन निर्देशन दिए । उनले सो अवसरमा जनतालाई गुणस्तरीय विद्युत सप्लाई गर्ने कुरामा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लान ईन्टरनेशनलको उच्चस्तरिय प्रतिनिधि मण्डलद्वारा बाह्रबर्दियाका ‘फादरग्रुप’संग अन्तरक्रिया

२१ मंसिर २०८१, शुक्रबार १९:५३
बाह्रबर्दिया (बर्दिया) : प्लान ईन्टरनेशनल नेपालको उच्चस्तरिय प्रतिनिधि मण्डलद्वारा बाह्रबर्दियाको जनशक्ति आधारभूत विद्यालय परिसरमा नवनिर्मित किशोरी तथा अपाङ्गता मैत्री शौचालय र महिनावारी विश्राम कक्षको अनुगमनसंगै अभिभावक समुहसंग अन्तरक्रिया गरेको छ । प्लान ईन्टरनेशनलका क्वेली डेमियन (प्रमुख कार्यक्रम अधिकारी, ग्लोबल कार्यक्रम र संचालन समिति) लगायतका टोली सदस्यहरुलाई विद्यालय परिसरमा थारु संस्कृती […]

सम्बन्धित