प्रदेश पाँचबाट दाङ्गका बस्नेत भुमी समस्या आयोगका सदस्य

८ श्रावण २०७७, बिहीबार १०:३७
 

सदरलाइनडटकम,
बुटवल : पाँच नंम्बर प्रदेशबाट भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा दाङ्गका शोभाराम बस्नेतलाई मनोनयन गरिएको छ ।

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरीएको हो ।

संघिय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको सदस्यमा सम्बन्धित प्रदेश सरकारले १ जना सदस्य मनोनयन गर्ने ब्यवस्था भए अनुसार प्रदेश सरकारको मन्त्रिपरिषदले बस्नेतलाई सदस्यमा मनोनयन गरेको हो ।


आदेशमा संघिय सरकारले अध्यक्षसहित १ जना विज्ञ समावेश हुने गरी ४ जना सदस्य तथा नेपाल सरकारको राजपत्राङ्कीत प्रथम श्रेणीका अधिकृत सदस्य सचिव रहने गरी आयोग गठन गर्ने ब्यवस्था गरिएको छ ।

संघीय सरकारले चितवनका देवी ज्ञवालीको अध्यक्षतामा भिमबहादुर कार्की (पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य (ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) सदस्य रहेको आयोग यस अघि नै गठन गरिसकेको छ ।

बस्नेतलाई प्रदेश ५ सरकारकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मनोनयन पत्र प्रदान गरेकी हुन । आयोगले एकमुष्ठ रुपमा भुमी समस्या समाधान गर्ने गरी कार्य थालनी गर्ने जनाईएको छ ।

Next Post

कोरेक्ससहित बाँकेमा दुई जना पक्राउ

८ श्रावण २०७७, बिहीबार १०:३७
सदरलाइनडटकम, नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध कोरेक्ससहित बाँकेमा दुई जना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका वडा नं. १ का ३० बर्षीय आशिष अहिर र सोही ठाउँकाका २७ बर्षीय राजकुमार यादव ६५ बोतल कोरेक्ससहित पक्राउ परेका हुन् । डुडुवा गाउँपालिका वडा नं. १ बाट बुधवार राती दुबै जनालाई पक्राउ गरिएको जिल्ला […]

सम्बन्धित

ताजा अपडेट