कोरोना संक्रमितको संख्या अठार हजार नाघ्यो

७ श्रावण २०७७, बुधबार १६:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : देशभर कोरोनाका १ सय नयाँ संक्रमित थपिएका छन् । देशभरका २८ प्रयोगशालामा देशभर ३ हजार ७ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
यस्तै देशभर बुधवार २ सय ७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।

Next Post

नेपालगञ्जको क्वारेन्टाइन र आइसोलेशनमा रेडक्रसको हाइजिन किट

७ श्रावण २०७७, बुधबार १६:४०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाईन र आईशोलेशन सेन्टरमा बस्दै आएकाहरुलाई हाईजिन किट वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्ज उपमहानगरपालिकासंग समन्वय गरी नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइन र औद्योगिक विकास निगमको भवनमा संचालन भैरहेको आइसोलोसन केन्द्रमा रहेका २९ जना व्यक्तिहरुलाई ब्यक्तिगत सुरक्षा र सरसफाई […]