लयान्सद्वारा स्वास्थ्य कार्यालय बाँकेलाई पाँचसय थान भिटिएम किट हस्तान्त्रण

४ श्रावण २०७७, आईतवार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ ले कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको परिक्षणको लागि आवश्यक पर्ने भिटिएम किट हस्तान्त्रण गर्ने कार्य जारी राखेको छ ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर तथा समाजसेवी सेम शाक्य, पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्मा रिजाललगायतको विषेश पहलमा पश्चिम नेपालको विभिन्न जिल्लाहरु कोरोना परिक्षणको दायरा बढाउनको लागि भिटिएम किट उपलब्ध गराउदै आएको छ ।

यसक्रममा आईतबार स्वास्थ्य कार्यालय बाँकेलाई थप ५ सय थान भिटिएम किट उपलब्ध गराउदै हस्तान्त्रण गरिएको लायन्स लिडर चिन्तामणी धितालले जानकारी दिए ।


लयान्सले यस अघि बाँके, दाङ्ग, सुर्खेत, बर्दिया, दैलेख, कैलाली जहाँ पिसिआर माध्यामबाट कोरोना परिक्षण हुने गरेको छ ती स्थानमा सथानीय पालिकालाई भिटिएम किट उपलब्ध गराई सकेको छ ।

लयान्सले कोबिड–१९ को कहरबाट जोगिन आवश्यक स्वास्थ्य सामाग्रीहरु विभिन्न चरणमा उपलब्ध गराउदै आएको छ ।

यसैबीच लायन्स लिडर तथा सेम शाक्य, मधुसूदन शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, मुकुट ढकाल, चिन्तामणी धिताललगयत स्वास्थ्य कार्यालय बाँकेमा पुगेर कार्यालय प्रमुख धिरजंग शाह, तथा कोरोना फोकलपर्शन नरेश श्रेष्ठलगायतलाई ५ सय थान भिटिएम किट हस्तान्त्रण गरेका हुन ।

Next Post

आज साउने सोमवार, भगवान शिवको पूजा गरिँदै

४ श्रावण २०७७, आईतवार १८:४९
लक्ष्मी तिमिल्सेना/सदरलाइनडटकम, नेपालगञ्ज : महिनामा साउन र बारमा सोमवार भगवान् शिवको बार हो । आज यो वर्षकै पहिलो साउने सोमवार हो । यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ । बाँकेको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरलगायत भगवान शिवको मन्दिरहरुमा आजका दिन भक्तजनहरुको […]

ताजा अपडेट