नक्कली नेपाली नोटसहित सर्लाहीबाट भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता ८ श्रावण २०७९, आईतवार १४:४१
 

नेपालगञ्ज : सर्लाही प्रहरीले नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ । हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।


नक्कली नोट चलनमा ल्याइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको यादवले बताए । हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेका उनिबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्कोद्वारा आयआर्जनका लागि अति विपन्नलाई किराना र खाजा पसल सञ्चालनमा सहयोग

८ श्रावण २०७९, आईतवार १४:४१
नेपालगञ्ज :  नेपालगञ्जका चार अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र खाजा पसल सञ्चालनमा सहयोग गरिएको छ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा उनीहरुलाई आत्मनिर्भर बनाउन सो सहयोग गरेको हो । क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायिक परियोजना अन्तर्गत नेपालगञ्ज–११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग […]