लायन्सको छैठौं कन्भेनसनको तयारी तीब्र पारीदै

२७ फाल्गुन २०७४, आईतवार २०:०७
 

सदरलाइनडटकम 
२७ फागुन, नेपालगन्ज : लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको छैठौं कन्भेनसनको तयारी तीब्र पारिएको छ । आगामी चैत्र १७ गते कन्भेन्सन नेपालगन्जमा भब्यताका साथ सम्पन्न गर्ने गरी तयारी अगाडि बढाईएको कन्भेनर लायन मुकुट ढकालले जानकारी दिए ।
सो कन्भेनसनको पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने गरी तयारी अगाडि बढाईएको कन्भेनर ढकालले बताए । कन्भेनसनमा डिष्ट्रिकको क्षेत्र नं. ६ का लायन्स तथा लियो सदस्य गरी करिव ६० बढी क्लबका तथा १ हजार ५ सय लायन्सहरु आयोजक रहेको जानकारी दिदै कन्भेन्सन आयोजक समितिका संयोजक लायन अचुत प्रसाईले सामाजिक क्षेत्रमा छुट्टै छाप छोड्ने गरी तयारी अघिबढाएको बताए ।
डिष्ट्रिक ३२५ बी टु का ३ हजार लायन्स तथा लियो क्लबका प्रतिनिधिले सहभागिता जनाउन लागेको यो तेस्रो कन्भेनसन हो । कन्भेनसनमा सहभागि हुन आउने पाहुनालाई स्वागत गर्न नेपालगन्ज नगरलाई धुलो रहित बनाउने कार्य अगाडी बढाइएको छ । यसका लागि नेपालगन्ज उप–महानगरपालिका प्रमुख र उपप्रमुख समक्ष प्रस्ताव प्रस्तुत गरिसकेको बताइएको छ । कन्भेनसनमा बिहान ८ बजे धम्बोझी चोकबाट प्रभातफेरी सुरु गरी विपी चोक, त्रिभुवन चोक, बागेश्वरी मन्दिर हुदै पुनः धम्बोझी चोकमा पुगेर समापन हुनेछ ।
प्रभातफेरीमा सामाजिक सद्भाव झल्किने थारु, मुस्लिम, शिख, इसाइ, ओमशान्ति लगायत विविध समुदाय, जातजाती, भाषा, धर्मका सँस्कृती झल्किने १५ भन्दा बढी झाँकी निकालिने आयोजकले जनाएको छ । झाँकीमा बाँके राष्ट्रिय निकुञ्जको सहयोगमा २ वटा हात्तीलाई पनि सहभागि गराइने बताइएको छ ।
कन्भेनसनको उद्घाटन शत्र पश्चात सुरु हुने बन्दशत्रले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । छैठौं कन्भेनसन भब्य र सभ्य रुपमा सफल पार्न १६ वटा समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा डिष्ट्रिक क्याबिनेट टे«जर चिन्तामणि धिताल, डिष्ट्रिक एडभाइजर सुरेन्द्रकुमार श्रेष्ठ, युवराज क्षेत्री र एरिया चिफ टिपी न्यौपानेले बोलेका थिए ।

Next Post

नेपालगन्जमा युवाका लागि कान्तिपुर न्यु लाइफ स्टाईल सुरु

२७ फाल्गुन २०७४, आईतवार २०:०७
सदरलाइनडटकम २८ फागुन, नेपालगन्ज : छाटो समयमा नै आफ्नो व्यवसायलाई उचाइमा पु¥याउन सफल कान्तिपुर कलेक्सनले आफ्नो नयाँ व्यवसाय थप गरेको छ । युवा वर्गलाई लक्षित गरी उनीहरुको आकर्षण बढाउन कान्तिपुर न्यु लाइफल स्टाइल फेन्सी आइटम सहित व्यवसाय सुरुवात गरेको हो । सोमबार कान्तिपुर कलेक्सनका प्रोपाइटर बिमल ढाकालले दैनिक रुपमा व्यवसाय […]