सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमानाका नेपालगञ्जको जमुनाहामा स्यानिटाइज गरिएको छ । भारतबाट ल्याइएका र पठाइएका करीब दुई हजार बढी मानिसको नाकामा ओहोरदोहोर भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले शनिवार जमुनाहा आसपासमा स्यानिटाइज गरेको हो ।
भारतका विभिन्न क्वारेन्टाइनमा रहेको ६ सय ८७ नेपाल ल्याइएको र बाँकेका विभिन्न ठाउँमा रहेका १ हजार ४ सय ८३ जना भारतीयलाई पठाउँदा नाकामा दुई दिन रोकिएका थिए । नेपाल भित्रिएका व्यक्तिको लगत लिनुका साथै आरडीटी परीक्षण गर्दा जमुनाहामा दुई दिन रोकिएका थिए । उनीहरु बसेको ठाउँ र आसपासमा स्यानिटाइज गरिएको हो ।
भारतबाट अत्यावश्कीय सामग्री लिएर आउने मालवाहक साधनलाई समेत नेपालगञ्ज उपमहानगरपालिकाले स्यानिटाइज गर्दै आएको नेपालगञ्जका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
