दार्चुलामा प्रहरीबीच चौकीभित्रै कुटाकुट

सदरलाइन संवाददाता २९ पुष २०७८, बिहीबार १३:१४
 

नेपालगञ्ज : दार्चुलामा प्रहरीहरुबीच नै आपसमा झडप भएको छ । बुधबार राती मालिकार्जुन प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो ।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद भएर झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गरे। उनले सवारी साधन चेकजाँचको विषयलाइ लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको बताए । मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो ।


उक्त झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ । उनको हात र शरिरमा चोट लागेको छ । यता, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले चौकीमा झडप भएकोबारे आफुलाई जानकारी नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमण दर बढेसँगै बाँके उच्च जोखिममा

२९ पुष २०७८, बिहीबार १३:१४
नेपालगञ्ज : बाँकेमा बिहीवार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९३ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४३ नमुना परीक्षण गर्दा २०, मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा १५ जना र बागेश्वरी ल्यावमा २२ नमुना परीक्षण […]