खजुराको सार्वजनिक सुनुवाई सम्पन्न

२९ असार २०७७, सोमबार १७:४३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले सोमवार चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई गरेको छ । चालू आर्थिक वर्ष २०७६÷०७७ मा पालिकाले सम्पादन गरेका कार्यहरु सार्वजनिक गर्दै जनअनुमोदन गर्न सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो ।
सार्वजनिक सुनुवाईमा खजुराबासीले फेरी पनि चासो पूर्वक भाग लिएका छन् । खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै गाउँपालिकाबाट प्रवाह हुने सेवा बारे खजुराका विभिन्न वडाबाट सहभागीले खुलेर प्रश्न जिज्ञासा राखेका थिए । उनीहरुले सडकमा खाल्डाखुल्टी, कोरोना प्रभावमा राहत, कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, कोविडमा भएको खर्चबारे प्रश्न राखेका थिए ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका, विभिन्न विषयगत शाखाले गरेका कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा प्रमुख कक्षपतिले खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र कार्यप्रगतिबारे गाउँपालिकाको वेभसाइटमा राखिने गरेको जानकारी दिए ।
विभिन्न सम्पन्न भएका योजना, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा भएका प्रगतिबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । ८ वटै वडाबाट आएका सहभागीले उठाएको प्रश्नको जवाफ खजुरा गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुले दिएका थिए ।
चालू आर्थिक वर्षको गाउँपालिकाले गरेका विभिन्न गतिविधि, आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कक्षपतिले विषयगत शाखाहरुले गरिरहेको कार्यप्रगतिका साथै वडाहरुमा भइरहेको विकास निर्माणमा कोरोनाले प्रभावित भएको बताए ।
खजुरामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढिरहेको, विकास निर्माणमा गत आर्थिक वर्षमा १८ किलोमिटर सडक कालोपत्रे गरेकोमा यो वर्ष पनि वडा नं. ५ देखि ८ सम्म १६ किलो मिटर र अन्य वडाहरुमा ३ किलो मिटर सडक कालोपत्रेको चरणमा रहेको बताइयो ।
बहुउद्देशीय सभाहल निर्माणको प्रक्रियामा रहेको, शीतभण्डार, औद्योगिक ग्राम, खेलकूद ग्रामको काम पनि अगाडि बढेको जस्ता थुप्रै विकासका काम अगाडि बढेको प्रमुख कक्षपतिले प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएको छ ।
बासले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा खजुराका विभिन्न वडाहरुमा गरिएको सर्वेक्षणमा पनि नागरिकले प्राप्त गरेको सेवाबारे राम्रो रहेको औल्याइएको छ । कार्यक्रमको अन्त्यमा सेवा प्रवाहलाई चुस्त दुरुस्त र जनअपेक्षा अनुकूल बनाउन प्रतिवद्धतामा हस्ताक्षर भएको छ ।

Next Post

सिक्टा सिँचाईको नहर परिक्षणको पानीका कारण बाँकेमा ८० प्रतिशत रोपाई सम्पन्न

२९ असार २०७७, सोमबार १७:४३
रुद्र सुवेदी, नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको नहरमा परिक्षणको लागि छोडिएको पानीको कारण बाँकेका किसानले यो वर्ष चाँडै धान रोप्न पाएका छन् । सिक्टा सिँचाई आयोजनाको पूर्वी र पश्चिमी नहरमा छोडेको पानीको उपयोग गर्दै समयमै धानको बिउ राखेका किसानले असारको अन्तिमसम्म करिव ८० प्रतिशत धान रोपी सकेका […]

सम्बन्धित