कोहलपुरमा धेरै जनामा हात्तीपाइलेको जिवाणु देखियो

सदरलाइन संवाददाता २५ पुष २०८०, बुधबार १७:२४
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । यसअघि सिकलसेल रोगको जोखिममा रहेको पाइएको सो नगरपालिका भित्र धेरै जनामा हात्ती पाइले रोगका जीवाणु भेटिएपछि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको हो ।

कोहलपुरको एउटा वडामा मात्र गरिएको ¥यापिट डाइगोनिष्टक टेस्टबाट ४८ जनामा हात्तीपाइले रोगका जीवाणु फेला परेकोले नगरपालिका नै सो रोगको उच्च जोखिममा रहेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ । तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ ।


राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा आरडिटी जाँच गरिएको थियो । आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले बताए ।

आरडिटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न रात्रिकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना सङ्कलनको गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको जाजरकोट भुकम्प पीडित लक्षित मानविय सहायताका लागि स्थानीय सरकारलाई साथ

२५ पुष २०८०, बुधबार १७:२४
नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपाल, सुर्खेतले जाजरकोट भुकम्प प्रभावितहरुको लागि एकद्वार प्रणाली अन्तरगत विभिन्न स्थानमा अस्थायी आवास, शौचालय निर्माण, अस्थायी सिकाई केन्द्रहरुदेखि विभिन्न खाद्य एवम् गैह्र खाद्य सामाग्रीहरु जस्ता मानविय कार्यमा जुटेको छ । यसैकार्यका लागि प्लानले स्याक नेपाल सुर्खेतसंगको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका […]