सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पडा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । त्यस्तै आइतवार मात्र कोरोनाबाट निको भएर १४७ जना घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ८ हजार ५ सय ८९ छ ।
