संघिय समाजबादी फोरम नेपालका उम्मेदवार राईले भने बाम गठबन्धनले देश दुर्घटनामा जाँदै

२५ कार्तिक २०७४, शनिबार १९:४६
 

सदरलाइनडटकम
२५ कात्तिक, नेपालगन्ज : सघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मो.इतियाक राईले बामगठबन्धनले देशलाई दुर्घटनामा लैजाने बताएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि चुनाबी प्रचारको अभियानलाई तीब्रता दिदै पूर्वमन्त्री राईले सो कुरा बताएका हुन ।
प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट उम्मेदवार भएका राईले आफ्नो उम्मेदवारीको मुख्य उदेश्य भनेको यस क्षेत्रका केहि महत्वपूर्ण आयोजना र मुद्दाहरूलाई लागु गराउन भएको बताएका छन् । उनले प्रदेश नं ५ को राजधानी नेपालगन्जमा, नेपालगन्ज विश्वविद्यालय, नेपालगन्ज अन्तर्राष्ट्रय विमानस्थल, नेपालगन्ज चक्रपथ, हुलाकी सडक र राप्तीमा पुल निर्माण गर्न रहेको बताएका छन् ।
यसैगरी नेपालगन्जमा रहेको भेरी अन्चल अस्पताललाई सरकारी मेडिकल कालेज, निर्वाचन क्षेत्र नं २ भित्र विद्युत लोडसेडिङको अन्त्य, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन लगाएतका क्षेत्रहरुमा विशेष जोड दिने राईले बताए ।
चुनावी अभियान अन्तरगत शनिबार नेपालगन्ज उप–महानगरपालिका वाड नम्वर ६, १०, १३ भेटघाट गनुका साथै डुडुवा गाँउपालिकाको वाड नम्बर ५ मा सम्पर्क कार्यालय उदघाटन, नेपालगन्ज उप–महानगरलगायत डुडवाका प्रमुख बाटोहरुको स्तरउन्नती गर्ने र बांकी अन्य बाटोहरूमा गरेभल गर्ने, बाढी पीडितलाई स्थायी बसोवासको ब्यवस्था गर्ने बताए । वेरोजगार युवालाई रोजगारको व्यवस्था, अनुदान, सिचाईको समुचित व्यवस्था, मिलाउने लगायतका रहेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पचहत्तर वर्षे गन्धर्बलार्ई बृद्धभत्ता दिने पार्टी कै भर

२५ कार्तिक २०७४, शनिबार १९:४६
सदरलाइनडटकम   २६ कात्तिक, नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडका भद्रबहादुर गन्धर्व उमेरले ७६ वर्षको भए । साथमा रहेको सारङ्गी र सामाजिक सुरक्षा भत्ता कै भरमा जीवनयापन गर्दै आएका उनी आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफुलाई घरबासको व्यवस्था गरिदिने पार्टीका उम्मेदवारलाई भोट हाल्न जाने बताउछन् । ‘उमेरले डाँडो काट्नै लाग्यो […]

ताजा अपडेट