एमाले–माओवादी केन्द्रबीच एकता ९ सदस्यीय हाईकमाण्ड,  ४५ सदस्यीय स्थायी कमिटी, ४४१ सदस्यीय केन्द्रीय कमिटी

३ जेष्ठ २०७५, बिहीबार १७:१७
 

सदरलाइनडटकम  
३ जेठ, काठमाण्डौं : लामो प्रतिक्षा र अड्कलबाजीका बीचमा एमाले र माओवादी केन्द्रको बिचमा पार्टी एकता भएको छ । पार्टी एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन भएको छ ।
एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २ सय नेता राख्ने सहमति भएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् ।
हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेको बताईएको छ ।
श्रेष्ठलाई पार्टीका निर्णयहरु जानकारी गराउने र पौडेलले संगठनको काम गर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तो छ स्थायी कमिटी सदस्यको नामावलीः

एमालेको तर्फबाट

केपी शर्मा ओली, झापा
झलनाथ खनाल, इलाम
माधवकुमार नेपाल, रौतहट
बामदेब गौतम, बर्दिया
सुवासचन्द्र नेम्बाङ, इलाम
भीम रावल, अछाम
युवराज ज्ञवाली, दाङ
अष्टलक्ष्मी शाक्य, काठमाडौं
इश्वर पोखरेल, काठमाडौं
बिष्णु पौडेल, रुपन्देही
घनश्याम भुसाल, रुपन्देही
प्रदिप ज्ञवाली, गुल्मी
भीम आचार्य, सुनसरी
पृथ्वी सुब्बागुरुङ, लमजुङ
गोकर्ण बिष्ट, गुल्मी
योगेश भट्टराई, ताप्लेजुङ
शंकर पोखरेल, दाङ
मुकुन्द न्यैपाने, बारा
सुरेन्द्र पाण्डे, चितवन
छबीलाल बिश्वकर्मा, रुपन्देही
सत्यनारायण मण्डल, सप्तरी
किरण गुरुङ, तनहुँ
अमृत बोहरा, सिन्धुपाल्चोक
केशव बडाल, काभ्रे
सोमनाथ अधिकारी ‘प्यासी’, कास्की


माओवादी केन्द्रबाट

पुष्पकमल दाहाल प्रचण्ड, चितवन
नारायणकाजी श्रेष्ठ, गोरखा
रामबहादुर थापा, चितवन
टोपबहादुर रायमाझी, अर्घाखाँची
अमिक शेरचन, चितवन
जनार्दन शर्मा, पश्चिम रुकुम
वर्षमान पुन, रोल्पा
देवप्रसाद गुरुङ, लमजुङ
पम्फा भुसाल, ललितपुर
गिरिराजमणि पोखरेल, महोत्तरी
मातृकाप्रसाद यादव, धनुषा
अग्नि सापकोटा, सिन्धुपाल्चोक
ओनसरी घर्ती, रोल्पा
लेखराज भट्ट, कैलाली
शक्तिबहादुर बस्नेत, जाजरकोट
हरिबोल गजुरेल, सिन्धुली
लिलामणी पोखरेल, काठमाडौं
राम कार्की, झापा

Next Post

नेपालगन्जमा रमजानको तयारी तीब्र, शुक्रबारदेखि पहिलो रोजा

३ जेष्ठ २०७५, बिहीबार १७:१७
सदरलाइनडटकम ३ जेठ, नेपालगन्ज  : ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बाँकेका करिव डेढसय मस्जिदमा रमजानको तयारी तीब्र पारिएको छ । पाकिस्तानलगायत अरबी मुलुकमा बिहीबारदेखि नै रोजा सुरु गरिए पनि नेपाली मुस्लिमहरुले भने शुक्रबारबाट मात्र रोजा सुरु गर्ने भएका छन् । र्ईस्लामिक पात्रो (हिजरी)को अनुसार रमजान नवौं महिना हो । रमजानमा […]