सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा शनिवार २ सय ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् । शनिवारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ । शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
