बाँकेमा ५ संक्रमित थपिए, २ डिस्चार्ज

सदरलाइन संवाददाता २२ पुष २०७८, बिहीबार १६:०१
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १७ नमुना जाँच्दा ४ र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा १२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये २ जना बाँकेका, २ जना बर्दियाका र १ जना कैलालीका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ११ पुगेको छ । यस्तै २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगञ्जमा शुरु

२२ पुष २०७८, बिहीबार १६:०१
नेपालगञ्ज : महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी बिहीवारबाट नेपालगञ्जमा शुरु भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजना र महिला उद्यमी संघ नेपालगञ्ज वडा नम्बर २ कमिटीको सह–आयोजनामा शुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुका स्टलहरु राखिएका छन् । महिला बालबालिका तथा […]