विद्यार्थीलाई उद्यम सिकाउँदै महिला उद्यमी संघ

सदरलाइन संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १४:३२
 

नेपालगञ्ज : नेपालगञ्जमा ११४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा युवा स्वरोजगार तथा उद्यमशीलता विकाससम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा भएको युवा स्वरोजगार तथा उद्यमशीलता विकाससम्बन्धी अभिमुखिकरण कार्यक्रममा मंगल प्रसाद महिला कलेज नेपालगन्जमा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

करिब ६० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमका सहभागिहरुलाई उद्यम कसरी गर्ने, उद्यम भनेको के हो, स्थानीयस्तरमा सानो लगानीबाट कसरी उद्यम सुरु गर्न सकिन्छ, आफुले उत्पादन गरेको उत्पादनको बजारीकरण कसरी गर्ने लगायतका विविध विषयमा अभिमुखिकरण गरिएको थियो ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा महिला उद्यमी महासंघ नेपालको कार्यकारी सदस्य तथा लुम्बिनी प्रदेशको संयोजक सरस्वति शर्मा, मंगल प्रसाद महिला कलेज नेपालगञ्जका क्याम्पस प्रमुख रविन्द्र कर्ण, प्रशिक्षक राज बहादुर चौधरी लगायत महिला उद्यमी संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघको प्रथम उपाध्यक्ष आभा गौतम, दृतिय उपाध्यक्ष बबिता मैनाली, सचिव नितु शाह चन्द, कोषाध्यक्ष बिन्दु चर्तिमगर, सदस्य सुनिता सुवेदी, धनमाया लुइटेल रिचा लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रमको दौरान पछिल्लो समय नयाँ व्यवसाय गरेर सफलता हासिल गरेका महिला उद्यमीहरुले आफना अनुभव सुनाएका थिए । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाको महिला विकास अधिकृत मन्जु पाण्डे तथा विधागत रुपमा विभिन्न व्यवसायमा सफलता हासिल गरेका व्यवसायीहरु बिन्दु चर्तिमगर, गीता मौर्य, अन्जली चौधरी, कमला थारु, धनमाया लुइटेल रिचा, दिपाली टण्डन, नाजिया शर्मा लगायतले आफनो अनुभव र उत्प्रेरणा जगाउने कुराहरु बताइन् ।

कार्यक्रम निकै प्रभावकारी भएको बताउँदैं महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोखरेलले अहिलेको अवस्थामा युवाहरुलाई व्यवसायमा आर्कषित गर्न जरुरी रहेको बताइन् । उनले भने, ‘‘जबसम्म युवाहरु आर्थिक रुपमा सक्षम हुँदैनन, तबसम्म हाम्रो देश आर्थिक रुपमा बलियो हुँदैन । महिलाहरुलाई आर्थिक रुपमा सशक्त बन्नको लागि के कस्ता व्यवसाय गर्न सकिन्छ, खेर गएका समय कसरी सदुपयोग गर्न सकिन्छ । अनलाइन व्यवसाय कसरी गर्ने । आर्थिक रुपमा कसरी आत्मनिर्भर बन्ने भन्ने बारेमा हामीले अभिमुखिकरण गर्ने प्रयास गरेको थियौं । त्यो सफल भएको छ ।’’

महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीहरुलाई उद्योग, व्यापारको बारेमा विभिन्न किसिमका उत्प्रेरणा दिने कार्य गर्ने गरेको छ । संघले हरेक वर्ष नेपालगञ्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्ने गरेको छ भने महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बिक्री गर्नको लागि कोशेली घर सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा सहभागि भएकामध्ये ११ जनाले व्यवसायिक तालिम लिन चाहेको आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपईडिहा नाकामै थन्किए

२४ फाल्गुन २०८०, बिहीबार १४:३२
नेपालगञ्ज : पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेशिनहरू नेपालगञ्जको रुपईडिहा नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपईडिहा नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र नभएपछि नाकामै रोकिएका हुन् । खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा […]