नेपाली काँग्रेस बाँके क्षेत्रनं.१ क्षेत्रीय कमिटी बिस्तार विज्ञप्तीसहित

सदरलाइन संवाददाता २५ चैत्र २०७९, शनिबार २०:०३
 

कोहलपुर (बाँके) :  नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिको सल्लाहकार, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र विभिन्न शाखा प्रमुख एवं शाखा सदस्यहरुमा देहाय बमोजिमका रहने गरी मनोनयन गरिएको छ ।

क्षेत्रीय सभापति पोषण केसीद्वारा शनिबार जारी विज्ञप्तीमा नेपाली काँग्रेसको बिधान २०१७ (संशोधन सहित) तथा नेपाली काँग्रेसको नियमावली २०७६ मा व्यवस्था भए बमोजिम नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको सल्लाहकार, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र विभिन्न शाखा प्रमुख एवं शाखा सदस्यहरुमा मनोनयन गरिएको हो ।

मनोनित हुने सल्लाहकार समिति सदस्यहरु नारायणप्रसाद सिग्देल, कृष्ण प्रसाद पौडेल, रामचन्द्र मौर्य, तप्त पौडेल, भानुभक्त भटृराई तुल्सीराम थारु, नरबहादुर मल्ल, गुत्टु थारु, खिमप्रसाद दाहाल र रामलौटन यादव छन ।

यसैगरी कार्यसमिति सदस्यमा बजारु थारु (कोहलपुर –१) र कार्यसमितिमा आमन्त्रित सदस्यहरुमा मानबहादुर वली, प्रेमबहादुर वली, दलबहादुर सुनार, धर्म राज शाही, राम किसुन थारु, गंगा सापकोटा, बाल कुमारी सापकोटा रहेका छन ।


यसैगरी क्षेत्रीय सभापति केसीद्वारा जारी विज्ञप्तीमा नेपाली काँग्रेसको बिधान नियमावली तथा नीति निर्देशनमा रही पदिय जिम्मेवारी निर्वाह गर्नेगरी आदीबासी जनजाती शाखा कृष्णबहादुर पुनमगर संयोजक तथा देव बहादुर थापा सहसंयोजक रहेको १७ सदस्यीय समिति निर्माण गरेको छ ।

ध्रव अचार्य संयोजक र गोबिन्द पौडेल सहसंयोजक रहेको ११ सदस्यीय अभिलेख अनुगमन तथा मुलयांकन शाखा, बलराम शर्मा संयोजक अम्मरबहादुर बुढाथोकी सह संयोजक रहेको ७ सदस्यीय अन्य पार्टी समन्वय शाखा, अम्मरबहादुर बुढाथोकी संयोजक अग्नी थारु सहसंयोजक रहेको १४ सदस्यीय कृषि तथा किसान समन्वय शाखा, नमिता रावत संयोजक तथा अस्मिता थारु सहसंयोजक रहेको १५ सदस्यीय महिला समन्वय शाखा गठन गरिएको छ ।

यसैगरी जयश्वर पौडेल संयोजक राजकुमार सुवेदी सदस्य रहेको १४ सदस्यीय प्रशिक्षण समन्वय शाखा, खुमबहादुर बस्नेतको संयोजकत्वमा १५ सदस्यीय स्थानीय तह समन्वय शाखा, तुलाराम खत्रीको संयोजकत्वमा १६ सदस्यीय सूचना संचार तथा प्रचार प्रसार शाखा, बजारु थारुको संयोजक गंगाराम थारु सहसंयोजकत्वमा १७ सदस्यीय थारु जाती समन्वय शाखा, अमृत प्रसाद पौडेलको संयोजकत्वमा १३ सदस्यीय उद्योग बाणिज्य तथा व्यापार शाखा, दिपेन्द्र उप्रेतीको संयोजकत्वमा १७ सदस्यीय यूवा तथा तरुण समन्वय शाखा गठन गरि जिम्मेवारी दिईएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघको महाधिवेशन तयारी पूरा, महाधिवेशनमय बन्यो नेपालगञ्ज

२५ चैत्र २०७९, शनिबार २०:०३
नेपालगञ्ज : नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोली चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै […]