सदरलाइनडटकम,
डुडुवा (बाँके) : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ बाट करीब २ लाख बराबरको पान र सुपर पावर सुर्ति बरामद गरेको हो ।
लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ति शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
करीब २० हजारको पान र १ लाख ६२ हजार ५ सयको सुपर पावर सुर्ति गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।
बरामद गरिएको पान नष्ट गरिएको छ भने सुर्तिलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
Next Post
कञ्चनपुरमा एक पुरुषको हत्या
२१ असार २०७७, आईतवार १२:५०
सम्बन्धित
-
११ बैशाख २०७७, बिहीबार ०८:०१
बाँकेमा फौजिकीराको प्रकोपका कारण बसन्ते मकै नष्ट
-
१८ माघ २०७८, मंगलवार १२:५९
टिपरको ठक्करबाट बर्दियामा दुई जनाको मृत्यु
-
१६ श्रावण २०८०, मंगलवार १७:२४
सिनेमा हलमा करोडौँ लगानीले आधुनिक नेपालगञ्ज बन्ने अपेक्षा
-
२७ श्रावण २०७९, शुक्रबार १४:११
बिपी चोकमा रोयल ट्रेडर्स एन्ड सप्लायर्स सञ्चालित
-
२० मंसिर २०८०, बुधबार १७:४०
सरकारकै कारण देशको अवस्था नाजुक बनेको छ : केपी ओली
-
२२ पुष २०७९, शुक्रबार १३:२२
दादुराको महामारी फैलिएपछि नेपालगञ्जमा शुक्रवारदेखि खोप लगाउन शुरु