एकै परिवारका तीनसहित चार जनाको शव भेटियो

२० असार २०७७, शनिबार १४:००
 

सदरलाइनडटकम,
बझाङ : बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।
त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
यसअघि वडा ८ का वडाध्यक्ष गणेश बोहराले पहिरोले पुरेका १७ घरका सात जना बेपत्ता भएको जानकारीमा आएको बताएका थिए । शुक्रवार राति पहिरो आएपछि स्थानीयहरु सुरक्षित ठाउँतर्फ गएको पनि वडाध्यक्ष भण्डारीले बताए । स्थानीयबासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् ।
घटनास्थलसम्म पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै पाँच घण्टा लाग्छ । तर जयपृथ्वी राजमार्गको कचाली खोलमा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान सकेको छैन । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।

Next Post

अमेरिकामा चीनविरुद्ध प्रदर्शन

२० असार २०७७, शनिबार १४:००
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकामा भारतीय नागरिकले चीनविरुद्ध प्रदर्शन गरेका छन् । भारतीय नागरिकले गरेको विरोध कार्यक्रममा ताइवान र तिब्बती मूलका अमेरिकी नागरिक पनि सहभागी थिए । चीनविरोधी ब्यानर र प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए । विरोध कार्यक्रममा सहभागीले चीन बायकट जस्ता नारा पनि लगाए । जुन १५ मा गलवान […]