नेपाली कांग्रेसका नेता स्व. प्रमोदकुमार पौडेलको स्मृतीमा श्रद्धाञ्जली सभा

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार ०९:४२
 

नेपालगञ्ज :  नेपाली कांग्रेसका पुराना नेता प्रमोदकुमार पौडेलको सवारी दुर्घटनामा परी दुःखद निधन भएको ४५ औ पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ बांकेले स्वर्गिय पौडेलको सम्झना र सम्मानमा उनकै निवास पार्वतिपुरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा पार्टीका बिभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले स्वर्गीय पौडेलले पार्टीमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

उनीहरुले पौडेलको निधनले पार्टीलाई ठूलो क्षती पुर्याएको भन्दै पार्टीप्रतिको उनको इमान्दारितालाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए । पौडेलको मंसिर २० गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।
श्रद्धाञ्जलीसभामा नेपाली काँग्रेस बाँकेका सभापति नाराणप्रसाद गौडेल, पूर्व पार्टी सभापति सनत रेग्मी, नेपाली काँग्रेस प्रदेश क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


पार्टीका पुराना नेता साविक शम्शेरगंज गाविसका अध्यक्ष तथा स्वर्गीय पौडेलका हितैषी मित्र रामलौटन यादवले पौडेलले पार्टीमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए परिवारको तर्फबाट स्वर्गीय पौडेलका सुपुत्र डा. उत्तम पौडेलले आफ्ना बाबुले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै बाबुको सपना साकार पार्नका लागि आफू र आफ्नो परिवार सदैव समाजको उन्नति र प्रगतिका साथै पार्टी तथा स्थानीय जनताको हितमा क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका महासमिति सदस्य तथा महाधिबेशन प्रतिनिधिहरू, पार्टीका बिभिन्न तह र तप्काका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका यातायात व्यवसायीबीच झडप

६ माघ २०८०, शनिबार ०९:४२
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीबीच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिबीच झडप भएको हो । प्रहरीका अनुसार भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात व्यवसायीबीच विवादपछि झडप हुँदा २ जना घाइते भएका छन् । भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क […]