सदरलाइनडटकम,
कैलाली : ट्रकको ठक्करबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार २६ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको बौनिया प्रहरीले जनाएको छ ।
सोमवार बिहान स्थानीय टिन बजार नजिक ना ६ ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।
बौनियास्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यारत उनी लम्कीचुहा नगरपालिका–६ बाघामाराकी बासिन्दा हुन् । ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीको मृत्युपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन् ।
