खजुराकी ‘सम्प्रिया’ बनिन् एकल तीज गीत विजेता

२३ भाद्र २०७५, शनिबार १८:२१
 

सदरलाइनडटकम,
नेपालगन्ज : भार्गव विकास बैंक दोस्रो सद्भाव एकल तीज गीत नृत्य प्रतियोगितामा खजुरा की सम्प्रिया खड्का प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी छन् । गत वर्ष आयोजित प्रथम सद्भाव एकल तीज गीत प्रतियोगितामा दोस्रो भएकी खड्काले यसवर्ष प्रथम हुँदै नगद ३० हजारसहित प्रमाणपत्र प्राप्त गरिन् । रेडियो सद्भाव ९१.२ मेगाहर्जको आयोजनामा शनिवार नेपालगन्जमा सम्पन्न प्रतियोगितामा १६ जनालाई पछि पार्दै उपाधि बाँके खजुरा गाउँपालिका ४ की खड्का प्रथम भएकी हुन् ।
प्रतियोगितामा नेपालगन्ज १८ की गरिमा चौधरी द्वितिय, खजुरा ३ की समिक्षा थापा तृतिय र नेपालगन्ज १० की विनिता आचार्यले सान्त्वना पुरस्कार प्राप्त गरिन् । उनीहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सुन्दर गुरुङ, भरत महतो र गीता क्षेत्री वर्नवाल निर्णायक रहेको प्रतियोगिताका विजेतालाई सद्भाव नेपालकी उपाध्यक्ष शशी स्वाँर, रेडियो सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंह, रेडियोका प्रबन्ध निर्देशक दामोदर भण्डारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई प्रोत्साहित गर्दै तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

Next Post

माता बागेश्वरीको साधारणसभा सम्पन्न

२३ भाद्र २०७५, शनिबार १८:२१
सदरलाइनडटकम, नेपालगन्ज : माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८औं वार्षिक साधारणसभा शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैशीको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलसमशेर राणाले उदघाटन गर्दै सहकारी संस्थाहरु नगरको विकास, समृद्धि र खुशियाली ल्याउने एउटा माध्यम भएको बताए । […]