सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे शुक्रवार नेपालगञ्जमा मिडिया कार्यशाला गरिएको छ । बाँकेमा पहिलो हुन लागेको खेल महोत्सवलाई सफल, मर्यादित बनाउन पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो ।
खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको हुने धारणा, समाचार संकलनलगायतका बिषयमा कार्यशालामा छलफल गरिएको छ । कार्यशालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारका निम्ति छुट्याईएको रकमको सदुपयोग गर्नेबारे समेत जानकारी गराएको छ ।
कार्यशालालाई खेल पत्रकार तथा कान्तिपुरमा कार्यरत पवन आचार्यले सहजीकरण गरेका थिए । कार्यशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार समितिका संयाजक रोहित दाहाल, सदस्य टिएस ठकुरी र सचिव कुमार बस्नेतले समेत प्रतियोगिताबारे धारणा राखे ।
