कोरोना संक्रमितको संख्या १० हजार पार

१० असार २०७७, बुधबार १८:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा बुधवार कोरोना भाइरसका ६२९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ३३८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ११४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १०६ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ७८ हजार ६३९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ३६६ कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Next Post

नेपालगञ्ज प्रदेशको राजधानी नभए कर्णाली जाने उप–महानगरको नीति तथा कार्यक्रम पारित

१० असार २०७७, बुधबार १८:०३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले प्रदेश ५ को राजधानी नेपालगञ्जलाई घोषणा नगरे कर्णाली प्रदेशमा समाहित हुने राजनीतिक निर्णयसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार भेरी प्राबिधिक शिक्षालयको सभा हलमा भएको ७ औं नगरसभामा नगर प्रमुख डा. धवलशम्शेर राणाले प्रदेशको राजधानी नेपालगञ्ज घोषणा नगरे कर्णालीमा समाहित हुनुको बिकल्प नभएको […]