बाँके पूर्ण खोप जिल्ला घोषित

सदरलाइन संवाददाता ६ चैत्र २०७७, शुक्रबार १५:०२
 

नेपालगञ्ज : बाँके जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरुले पुर्ण खोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

शुक्रबार नेपालगञ्जमा आयोजित घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्ण खोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गरेका थिए ।


बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्ला समन्वय समितिलाई प्रमाणपत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रमाणपत्र प्रदान गर्दै बधाई समेत ज्ञापन गरे ।

कार्यक्रममा ८ वटै पालिकाका प्रमुख, यूनिसेफका प्रतिनिधि, स्वास्थ्य कार्यालयका खोप अधिकृत, स्वास्थ्य चौकीका प्रमुख, स्वयंसेबिकाहरुको सहाभागिता रहेको थियो ।

Next Post

जानकीमा पाठेघरको मुखको क्यान्सर जाँच निशुल्क शिविर सम्पन्न

६ चैत्र २०७७, शुक्रबार १५:०२
नेपालगञ्ज  : अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर परिवार नियोजन संघ बाँके र जानकी गाउपालिकाको सहकार्यमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच निशुल्क शिविर विभिन्न वडामा सञ्चालन गरी सम्पन्न गरिएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार सम्बृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर जानकी […]