अगैयामा कार दुर्घटना, एकको मृत्यु, एक घाइते

९ असार २०७७, मंगलवार १७:२२
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगौया नजिकै कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो सवा १ बजे बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्कीएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका १२ चितवनका कमलराज लम्सालको मृत्यु भएको छ भने अर्का एक ब्यक्ति गम्भीर घाईते भएका छन् । तीब्र गतिमा रहेको कारले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Next Post

अगैयामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

९ असार २०७७, मंगलवार १७:२२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगौया नजिकै कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो सवा १ बजे बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किँदा चालक कमलराज लम्साल र कारमा सवार क्षितिजकुमार कुँवरको मृत्यु भएको हो । दुर्घटनामा कार चालक […]