कोहलपुरको पिपरिमा ‘मटका खिर’ पस्कदै गोबिन्दशरण महाराज

८ असार २०७७, सोमबार १७:४०
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : खिरका पारखिका लागि बाँकेको कोहलपुरमा ‘मटका खिर’को स्वाद लिन पाउने भएका छन् । आगामी अषाढ १० गते बुधबारबाट कोहलपुर–८ पिपिरी बाबानगरमा ‘मटका खिर’को स्वाद लिन पाईने छ ।

कुनै समय धार्मिक प्रवचन र महायज्ञमा चर्चित रहेका धार्मिक व्यक्तित्व गोबिन्द शरणले अब धार्मिक कार्यसंगै व्यवसायीक कार्यमा समेत तल्लीन देखिएका उनले सो कुराको जानकारी सोमबार पत्रकार सम्मेलन गरी गराएका छन् ।

कोबिड–१९ को महामारीको बेलामा मटका खिरको स्वाद लिन आउनेहरुको लागि पूर्ण रुपमा सामाजिक दुरी कायम रहने गरी सञ्चालन गरिने बताईएको छ । मटका खिर अति स्वादिष्ट तथा इमियुनिटी पावर बढाउने भएकाले स्वास्थ्यका लागि अति फाइदा रहेने दाबी गरिएको छ ।


कोरोना रोगको महामारी संगै आम नेपालीहरु स्वास्थ्य प्रतिको चासो र चिन्ताकै कारण बन्दाबन्दीको समयमा आफुलाई नयाँ इमियुनिटी बढाउने खालका परिकारको व्यवसाय गर्ने परिकल्पना भए अनुसार मटका खिरको शुभारम्भ गर्ने तयारी गरिरहेको मटका खिरको संचालन समेत रहेका गोबिन्दशरणले बताए ।

नेपालमै पहिलो पटक २० वर्षको अनुभव सहित स्पेशल, मारवाडी, चिसो, तातो र केशरयुक्त मटका दही २० औँ पकारका पौष्टिक मसलाको प्रयोग गरि बनाइएकोले मटका खिर शतप्रतिशत रोग प्रतिरोधात्मक क्षमता बढाउने गोबिन्दशरणको दाबी छ ।

मटका खिरको स्वाद लिनका लागि नेपालगञ्ज तथा कोहलपुर क्षेत्रबाट दैनिक ५० देखि १ सय मानिसहरु आइरहेको संचालक गोबिन्दशरण बताउछन् ।

Next Post

डुडुवाको कार्यालय भवन निमार्ण शुरु

८ असार २०७७, सोमबार १७:४०
सदरलाइनडटकम, डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य शुरु भएको छ । अत्याधुनिक प्रविधीबाट निमार्ण हुने सुविधा सम्पन्न भवनको सोमवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै अध्यक्ष चौधरीले निमार्ण हुन लागेको भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र […]