सिलाई तालिमले बर्दियाका महिला आत्मनिर्भर बन्दै

सदरलाइन संवाददाता ३ जेष्ठ २०८०, बुधबार १२:४९
 

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सिलाई तालिमसंगै सामग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।

केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् ।

सिलाई तालिम पाएपछि पसल सञ्चालनका लागि सामाग्री समेत पाएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका ६ जना युवा महिलाले सामुहिक रुपमा सञ्चालनमा ल्याएको न्यु सामुहिक टेलर स्थानीय वासिन्दाविच लोकप्रिय बन्दै गएको छ ।

प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत बर्दिया जिल्लाका १८ देखि २४ वर्ष उमेर समूहका अति जोखिममा परेका युवा किशोरी तथा महिलाले सिलाई तालिम लिएपछि रोजगारीका लागि सामग्री पाएर सामुहिक पसल शुरु गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

उनले तालिमपछि पाएको सहयोगबाट शुरु गरिएको पसलमा राम्रो आम्दानी हुन थालेपछि ती महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएको बताए ।


ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका युवा महिला जिरकला सिजापति, विनिता थारु, सिर्जना थारु, निरु थारु, फुलमाया थारु र शर्मिला थारुले सामुहिक रुपमा न्यु सामुहिक टेलर सञ्चालन गर्नु भएको क्लबका अध्यक्ष रवि तुलाधरले बताए । उनले युवा महिला समुहले स्थानीयको लुगा सिलाई गरेर समयमै डेलिभर गरि पसललाई लोकप्रिय बनाउँदै गएको पाईएको बताए ।

उनिहरुले आफ्नो आम्दानीको लेखाजोखा राख्ने गरेको जनाउँदै शुरुमै मासिक १२ हजार देखि १५ हजारसम्म कमाईरहेको क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताए ।

उनका अनुसार ती महिलालहरुले सिलाई तालिम पूरा गरेपछि स्टार्टअप सपोर्ट प्रत्येकलाई ६६ हजार ३ सय ३५ रुपैयाँ प्रदान गरिएको थियो । ती महिलाले गाउँघरमा सिलाई गर्नुकासाथै अन्यलाई प्रशिक्षण समेत दिईरहेको पाईएको सिद्दिकीले बताए ।

न्यु सामुहिक टेलर सञ्चालन गर्नु भएकी समुहकी सदस्य शर्मिला थारुले भनिन्–‘तालिम पाएर पसल खोलेपछि यसबाट हामीले आत्मनिर्भर महसुस गर्दै आधारभूत आवश्यकताहरू पूरा गर्न सक्षम भएका छौं र समाजले हामीलाई सम्मानको नजरले हर्न थालेको छ ।

सो समुहले निकट भविष्यमा एउटा राम्रो गारमेन्ट उद्योगनै खोल्ने योजना बनाएको समुहका सदस्यहरुले बताएका छन् । सोे महिला समुह हाम्रो मध्यवर्ती सहकारीमा पनि आबद्ध रहेको छ आफ्नो दैनिक आम्दानीबाट बचत समेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाई महाअभियान चलाइने

३ जेष्ठ २०८०, बुधबार १२:४९
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने बर्फानी बाबा आश्रम क्षेत्रको सरसफाई गरिने भएको छ । आगामी शनिबारका दिन बर्फानी बाबा सरसफाई ‘महाअभियान’ शुरु गर्न लागिएको हो । पछिल्लो समयमा बर्फानी बाबा आश्रममा भारत र नेपालका विभिन्न ठाउँबाट श्रदालुहरु पुग्ने गरेका छन् । उक्त दिन राप्ती सोनारी, […]