डुडुवाको कार्यालय भवन निमार्ण शुरु

८ असार २०७७, सोमबार १८:३८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य शुरु भएको छ । अत्याधुनिक प्रविधीबाट निमार्ण हुने सुविधा सम्पन्न भवनको सोमवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे ।
भवनको शिलान्यास गर्दै अध्यक्ष चौधरीले निमार्ण हुन लागेको भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने बताए । वडा नं. ३ बनकट्टीस्थित २० कठठा जग्गामा १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण हुन लागेको हो ।
चार तल्ले भवनमा चार सय जना क्षमता भएको ठुलो सेमिनार हल, सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्ड रुम र लिफ्टसहितको भवन निमार्ण हुने प्राविधिक शाखाका मदनेश्वर झाले बताए ।
रोयल कन्सट्रक्शन धनगढीले भवन निमार्णको ठेक्का पाएको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ । भवन निमार्णका लागि ६ करोड संघिय सरकारबाट, ३ करोड बढी जिल्ला समन्वय समिति बाँकेबाट अनुदान र बाकी रकम गाउँपालिकाको रहेको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए ।

Next Post

हत्या, अपहरण जस्ता मुद्दाका आरोपी यादव बाँके प्रहरी नियन्त्रणमा

८ असार २०७७, सोमबार १८:३८
सदरलाइनडटकम,नेपालगञ्ज : बाँके प्रहरीले बिगतमा सशस्त्र भूमिगत समूहमा रहेर हत्या, अपहरण, ज्यानमार्ने उद्योग बमविष्फोट तथा अपहरण गरी फिरौती रकम माग गर्ने व्यक्ति नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका बाँके डुडुवा गाउँपालिका ३ बनकट्ीका ३१ बर्षिय धर्मासिंह भनिने राजेशकुमार यादव प्रहरी नियन्त्रणमा लिन सफल भएको […]