नेपालगञ्जमा थप बाउन्न भारतीय क्वारेन्टाइनमा

५ बैशाख २०७७, शुक्रबार २१:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा थप नयाँ व्यक्तिहरुलाई क्वारेन्टाइन गरिएको छ । खाना र उपचारको समस्या भएपछि देशका विभिन्न ठाउँबाट हिँडेकाहरुलाई नेपालगञ्जमा क्वारेन्टाइन गरिएको हो ।
विश्वभरीमा कोरोना भाइरसको प्रकोप फैलिरहेको अवस्थामा नेपालका विभिन्न उद्योगमा काम गरिरहेका मजदुरहरु आ–आफ्नो घर फर्किन आतिएका छन् । उद्योगको कोठामा बस्दा समान्य दैनिकी चलाउन गाह्रो भएपछि मजदुरहरु आफ्नो घर जान आतुर भएका हुन् । भोेकभोकै बसेका उनीहरु नेपालका विभिन्न क्षेत्रबाट आएका ५२ जनालाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा क्वारेन्टाइन गरिएको छ ।
धादिङगबाट पैदल हिँडेका पचास भन्दा बढी भारतीय मजदुरहरुलाई शुक्रवार अबेर राती क्वारेन्टाइन गरिएको हो । बिना जानकारी नेपालगञ्जको धम्कोजी चौकसम्म पैदलै पुगेका उनीहरुलाई सुरक्षा दिएर क्याम्पससम्म पुर्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

Next Post

कोरोनाको कहर : एकैदिन १४ संक्रमित थपिए !

५ बैशाख २०७७, शुक्रबार २१:४३
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालमा शुक्रबार एकैदिनमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा संक्रमितको संख्या ३० पुगेको छ । यसले संक्रमितको संख्या अझै बढ्न सक्ने संकेत दिएको छ । उदयपुरको मस्जिदमा आश्रय लिएर बसेका १२ जना भारतीय र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै १६ बाट बढेर ३० पुगेको […]

सम्बन्धित