नेपालगञ्जमा योग भवनको उद्घाटन

६ असार २०७७, शनिबार १७:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको वडा नं. ४ मा निर्माण गरिएको योग भवन उद्घाटन गरिएको छ । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सञ्चालित सप्ताहव्यापी योग अभियानका अवसरमा शनिवार एक कार्यक्रमका बीच भवनको उद्घाटन गरिएको योग समिति नेपाल बाँकेका अध्यक्ष गिरीराज भट्टराईले जानकारी दिए ।
गणेशपुरस्थित बसपार्क बाईपास रोडमा अवस्थित सो भवनलाई शनिबार जिल्ला समन्वय समिति बाँकेका सभापति अजय श्रीवास्व, नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले संयुक्त रुपमा उद्घाटनमा सहभागी थिए ।
कार्यक्रममा बोल्दै मेयर राणाले योगा मानव जीवनको समयचक्र बढाउन आवश्यक अभ्यास भएको बताए । नेपालगञ्जका हरेक मानिसले योगाभ्यास गर्न सुझाव दिँदै उनले योग कार्यक्रमलाई बिस्तारै बिस्तार गर्दै लैजान र उपमहानगरपालिकाको सहयोग रहने धारणा राखे । कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्वाङ्गले योगले शरीरलाई ताजा बनाई राख्ने हुनले सबैले नियमितरुपमा योग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सोही अवसरमा बिहानै गरिएको योगा कार्यक्रममा वडा नं. ४ का अध्यक्ष सफिक बेहेना योग समितिका सल्लाहकार एव नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, नेता राजन बहादुर राना मगर, अधिवक्ता विश्वजित तिवारी, डा.अनिल कुमार चौधरी समेतको सहभागिता रहेको थियो ।


Next Post

राप्ती नदीमा पानीको सतह खतरास्तर पार

६ असार २०७७, शनिबार १७:११
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको कुसुमस्थित राप्ती नदीको पानीले खतराको स्तर पार गरेको छ । पानीको बहाव बढेसँगै खतराको घण्टी बजाइएको छ । राप्ती नदीमा पानीको स्तर ५ दशमलव ४० मिटर पुगेपछि खतरा मानिन्छ । यो समाचार तयार पारुञ्जेल खतराको स्तर पार गरेर ५ दशमलव ५० पुगेको बाढी मापन केन्द्र कुसुमले […]

सम्बन्धित

ताजा अपडेट