भेरी साहित्य समाजको अधिवेशन नेपालगञ्जमा

सदरलाइन संवाददाता २७ माघ २०८०, शनिबार १४:२२
 

नेपालगञ्ज : भेरी साहित्य समाज केन्द्रीय समितिको सातौं अधिवेशन नेपालगञ्जमा सुरु भएको छ । समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिनाको सभापतित्वमा सुरु भएको अधिवेशनमा समाजका चरित्रा शाहले स्वागत गरेकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्बसदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा समाजका महासचिव लेकप्रसाद प्याकुरेलले सांठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।


अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने बताइएको छ । अधिवेशन उदघाटन कार्यक्रममा साहित्यकार, पत्रकार, लेखक लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुराना सिनेमा हलको औचित्य समाप्त, नयाँमा करोडौं लगानी

२७ माघ २०८०, शनिबार १४:२२
नेपालगञ्ज : अहिले विद्युत प्राधिकरण भएको सामुन्ने मन्सुरी समशेरका भाइ बहादुर समशेरले खोलेको बागेश्वरी चित्र (सिनेमा) मन्दिरसंगै नेपालगञ्जमा सिनेमा ईतिहास शुरु हुन्छ । बिक्रम संवद २०२७/२८ सालतिर हालको बिद्युत प्राधिकरणभित्र डिजेल प्लान्ट थियो, त्यसैको सहारामा बागेश्वरी चित्र मन्दिर सञ्चालन हुन्थ्यो । नेपालगन्ज शहरको इतिहासका खोजकर्ता तथा बरिस्ठ साहित्यकार सनत रेग्मीका […]