सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालका लागि यूएईका राजदूत सईद हमदन अल नकवी बुधवार महिला उद्यमी कश्मीरा खातुन(काली मिया)ले नेपालगञ्जको घरबारी टोलमा सञ्चालन गरेको लुम्बिनी गार्मेन्टमा पुगे । मियाले सञ्चालन गरेको गार्मेन्ट गत वर्ष आगलागीमा परेर नष्ट भएको थियो ।
मियाको अथक प्रयासपछि पुनः शुरु भएको गार्मेन्टमा पुगेर राजदूत नकवीले उत्पादनलाई यूएईमा बजार विस्तारका लागि आफूले पहल गर्ने आश्वासन दिए । यसैबीच राजदूत नकवीलाई नेपालगञ्ज उद्योग वाणिज्य संघले बुधवार नेपालगञ्जमा स्वागत गरेको छ ।
संघको कार्यालयमा राजदूत नकवीलाई स्वागत गर्दै संघका कार्यवाहक अध्यक्ष अव्ब्दुल वाहिद मन्सुरीले उद्योग, व्यापारको प्रबद्र्धनका लागि यूएई सरकारको साथको अपेक्षा गरिएको बताए । राजदूत नकवीले नेपालीलाई सहयोगका लागि यूएई सधैँ तयार रहेको स्पष्ट पारे ।
