कृषि क्षेत्रको विकासको लागि कृषि यन्त्रको प्रयोग : सांसद नमुना

३ असार २०७७, बुधबार २२:५७
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले कृषिको क्षेत्रमा नयाँ आयाम ल्याउनलाई परम्परा र निर्वाहमुखी खेती प्रणालीलाई त्यागेर यात्रिकरण गर्न सकेमात्र सकिने बताएकी छन् । उनले कृषि क्षेत्रको विकासको लागि कृषि यन्त्रको प्रयोगलाई जोड दिईन ।

उनले बुधबार बाँकेको राप्तीसोनारी–५ मा रहेको साकार कृषि सहकारी संस्था लिमिटेडलाई प्रदेश सरकारद्वारा कृषि ज्ञान केन्द्र नेपालगञ्ज मार्फत कृषकहरुलाई अनुदानका कृषि सामाग्रीहरु बितरण गर्दै सो कुरा बताएकी हुन ।

उनले कृषि क्षेत्रमा आधुनिक र बैज्ञानिक तरिकाको कृषि यन्त्रको प्रयोग गरी कम लागतमा बढी उत्पादन गर्न सकिने भएकोले प्रदेश सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै यान्त्रिकरणमा जोड दिएको बताईन । साकार कृषि सहकारी संस्था लिमिटेडले मसुरो बाली ब्लक सन्चालन गर्दै धान, गहुँ र मसुरोको मुल बिउँ उत्पादन गर्दै आएको छ ।


कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, राप्तीसोनारी वार्ड न–५ का वडा अध्यक्ष झगरु थारु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) राप्तीसोनरी अध्यक्ष चिमबहादुर घर्तीमगर, नेकपा जिल्ला सदस्य सुर्य प्रकाश घर्ती मगर लगायतको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता आसमाली पुन, सन्चालन भरत केसी र कार्यक्रमबारे सहकारीका प्रबन्धक जमान सिंह ओलीले आफ्नो भनाई राखेका थिए ।

यसैबिच सांसद नमुनाले नरैनापुरका बालापुर, मियापुर्वा, मोतिपुर, दोन्दरा र राप्तीसोनारीका गेदवा, हब्रहवामा जनता र कार्यकर्तासंग  भेटघाट गरेकी थिईन ।

Next Post

किरण भुसालको ४५ औँ दिनको पुण्यतिथीमा क्वारेन्टाईनमा बसेकालाई खाद्यान्न सहयोग

३ असार २०७७, बुधबार २२:५७
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : गत बैशाख २० गते सडक दुर्घटनामा परेर ज्यान गुमाएका बाँकेको कोहलपुर–२ एनसिसियनका किरण भुसालको ४५ औँ दिनको पुण्यतिथीको अवसरमा बुधबार कोहलपुर नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टानइमा बस्नेहरुका लागि खाद्य सामग्री वितरण गरिएको छ । भुसाल निबासमा आयोजित कार्यक्रममा कोहलपुरका नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतलाई १ लाख १ […]

सम्बन्धित