नेपालगन्ज उप–महानगरको वडानं. १५ पनि अब खुला दिसामुक्त

३ चैत्र २०७४, शनिबार १७:१७
 

सदरलाइनडटकम
३ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरको वडानं १५ लाई शनिबार खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यो संगै अव उप–महानगरका केही वडामात्र खुला दिसामुक्त घोषणा हुँन बाँकी छन् ।
नगरलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत शनिबार वडा नं १५ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।
७ सय ५३ घरधुरी रहेको वडा नं १५ का सबै जसो घरमा शौचालय बनेपछि खुल्ला दिसामुक्त वडा घोषणा गरिएको वडा नं १५ का वडा सचिव शोभाखर भण्डारीले उदघोष गरे ।
खुला दिसामुक्त वडा घोषणा समारोहमा वडा अध्यक्ष वल्लन कवडियाले अनेकौ चुनौतीका वावजुद पनि सबै वडाबासीको सहयोगले खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको भन्दै अभियानमा सघाउने सबैलाई धन्यवाद दिदै उनले वडाबासीका तर्फबाट अब खुला ठाउँमा दिसा नगर्ने, सरसफाई राख्ने लगायतका १३ बुँदे प्रतिबद्धता पनि जनाए ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिन र सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
खुला दिसामुक्त अभियानका फोकलपर्सन ओबीराज आचार्यद्धारा सञ्चालित कार्यक्रममा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष एवं वडा न १५ का वडा नागरिक मञ्चका पूर्वा संयोजक कमरुद्दिन राई, नेपालगन्ज उप–महानगरपालिकाका नगर कार्यपालिका सदस्य देवमल सुनार, वडा न १५ का वडा सदस्य गुरुदयाल सिंह लगायतले शुभकामना दिएका थिए ।


Next Post

बागेश्वरी मन्दिरको सटरभाडा बक्यौता उठाउन सुरु

३ चैत्र २०७४, शनिबार १७:१७
सदरलाइनडटकम ३ चैत, नेपालगन्ज  : नेपालगन्जको बागेश्वरी मन्दिरको सटर भाडावाफतको बक्यौता उठाउने कार्यलाई बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले तीव्रता दिएको छ । समितिले दुई महिनाको अवधिमा २४ लाख ८० हजार बक्यौता उठाएको समितिका सचिव गोपाल अधिकारीले जानकारी दिए । मन्दिरको सटरभाडामा लिएर लामो समयसम्म रकम नतिर्ने पसल धनीहरुलाई  यही चैत […]