श्रद्धाभक्तिपूर्वक चैते दशैं मनाइँदै

१९ चैत्र २०७६, बुधबार १६:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन ।
केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ ।
बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।
चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

Next Post

नेपाल–भारत सुरक्षा अधिकारीबीच रुपईडिहामा छलफल

१९ चैत्र २०७६, बुधबार १६:२०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल र भारतका सुरक्षा अधिकारीबीच आज रुपईडिहामा समसामयिक विषयमा छलफल भएको छ । रुपईडिहास्थित आदर्श थाना कार्यालयको आगन्तुक कक्षमा बुधवार अपरान्ह छलफल भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, बहराइचका जिल्ला अधिकारी शम्भु कुमारको विशेष उपस्थितीमा सुरक्षा अधिकारीसहितको वैठकमा कोरोनाभाइरस विरुद्धको दुई देशीय अवस्था, उद्धार […]