नेकपा खजुराले आउने शनिबार बृहद रक्तदान गर्दै

२९ जेष्ठ २०७७, बिहीबार २३:१६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) :  कोबिड– १९ को महामारीमा उपचारको लागि अवश्यक पर्ने रगतको कमी हुन नदिने उद्देश्यले नेकपा खजुरा गाउ कमिटीले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टीका प्रवक्ता धनराम ओलीले दिएको जानकारी अनुसार आगमी जेठ ३१ गते शनिबार बिहान १० बजेदेखि ज्ञानोदय बहुमुखी क्याम्पस, खजुरामा आयोजना हुने बृहद रक्तदान कार्यक्रम आयोजना गरिने भएको हो ।


सो कार्यक्रमलाई सफल पार्ने उद्वेश्यका साथ बिहीबार नेकपा खजुरा गाउपार्टी.कमिटी अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा वडा ईन्चार्जहरूसँगको बैठक सम्पन्न भएको छ । ‘सुरक्षित रगतले जीवन बचाउछ रक्तदान गरौ र स्वस्थ संंसार बनाऔ’ भन्ने नारालाई मनन गरि सम्पूर्ण खजुरावासी आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरूमा रक्तदान गर्न अपिल गरिएको छ ।

गांउकमिटी सचिव यामबहादुर.महतराले संचालन गरेको बैठकमा प्रमुख अतिथि संघिय निर्वाचन क्षेत्र नं. ३ का सह ईन्चार्ज डम्बर बिक तुफान, अतिथि संघिय निर्वाचन क्षेत्र नं.३ प्रदेश ख ईन्चार्ज वेदनिधी प्याकुरेल गाउँपालिका कमिटी ईन्चाज, .भिम ओलीका साथै खजुरा गाउपालिका अन्तर्गत रहेका नेकपा जिल्ला कमिटी सदस्यहरू समेतको उपस्थिति रहेको प्रवक्त ओलीले जानकारी दिए ।

Next Post

सांसद नमुनाद्वारा कृषकलाई कृषियन्त्र हस्तान्त्रण

२९ जेष्ठ २०७७, बिहीबार २३:१६
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : पाँच नम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिहीबार राप्तीसोनारी–५ का किसानलाई कृषि यन्त्र हस्तान्त्रण गरेकी छन् । सांसद नमुनाका स्वकिय सचिव समेत रहेका नेकपाका युवा नेता सुर्यप्रकाश घर्तीले दिएको जानकारी अनुसार राप्ती सोनारी–५ कन्याश्वरी कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडलाई ५ नम्बर प्रदेशले कृषि ज्ञान केन्द्र […]