पाटेबाघको छालासहित एक नेपालगञ्जमा पक्राउ

सदरलाइन संवाददाता ७ चैत्र २०८०, बुधबार १७:२५
 

नेपालगञ्ज : बाँके प्रहरीले दुर्लभ पाटे बाघको छाला सहित १ जनालाई नेपालगञ्जबाट नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

प्रहरीले नेपालगञ्ज–२ पुष्पलाल चोकमा रहेको होटल रोयल महाबुबमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलिले सो पाटेबाघको छाला बरामद गर्न सफल भएको हो ।


प्रहरीले होटलको तलासी लिने क्रममा तेस्रो तलाको १०१ नं. कोठामा भाडामा लिई बसेको जिल्ला सुर्खेत बराहाताल गाउपालिका वडानं. २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीले हरियो कालो रङको झोलामा लुकाई छिपाई राखेको अवस्थामा पाटे बाघको छाला बरामद गरेको जानएको छ ।

बरामद छालाको नाप लिँदा लम्बाई ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ इन्च भएको पाटे बाघको छाला सहित निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले आवश्यक अनुसंन्धान गरी थप अनुसंधान र कारवाहीका लागि छालासहित डिभिजन बन कार्यालय पठाईने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनप्रतिनिधिको ध्यान हरेक नागरिकलाई धनी बनाउने तर्फ जानुपर्छ  : केपी ओली

७ चैत्र २०८०, बुधबार १७:२५
काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग जोडिएर काम गर्न निर्देशन दिएका छन । नेकपा एमाले वाग्मती प्रदेशले मध्यपुरथिमिको बोडेमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन । ‘जनप्रतिनिधिको मुख्य ध्यान हरेक नागरिकलाई […]

ताजा अपडेट