बाँके युनेस्को क्लबका संरक्षक सिद्धिकीलाई नाईस अवार्ड

सदरलाइन संवाददाता २३ श्रावण २०७९, सोमबार १८:२०
 

 

नेपालगञ्ज :  बाँके युनेस्को क्लवका प्रमुख संरक्षक तथा  समाजसेवी प्रबेज अलि सिद्धिकी नाईस अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नाईस नेपालगञ्जको आयोजनामा साउन २३ गते सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो ।

बिगत तीन दशकदेखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की, संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गरिन् । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका संरक्षक सिद्धिकीले निस्वार्थ भावनाले सामाजिक कार्यमा निरन्तर लागिरहेको बताए ।


कार्यक्रममा डाक्टर प्रकाश नाग, गैसस महासंघ नेपाल बाँकेका कार्य समिति सदस्य अभिराज क्षेत्री, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार बर्मा, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधर, बिश्व ह्वििल चियर यात्री तेजबहादुर कार्की लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हेमराज भट्टले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक शोभा थापा मगरले गरेकि थिईन् । कार्यक्रमकै बिचमा ह्वििल चियरका माध्यमबाट बिश्व यात्रा गरिरहेका तेजबहादुर कार्कीलाई संस्थाका अध्यक्ष नमस्कार शाहले आफ्नो जन्म दिनको अवसरमा १० हजार नगद सहयोग गरेका थिए ।

अवार्डका लागि डाक्टर प्रकाश नागको नेतृत्वमा रहेको प्रकाश मेडिकल हलले सहकार्य गरेको थियो । गत बर्ष लागु औषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई नाईस अवार्ड प्रदान गरिएको थियो ।

यसैबीच सोमबार नै सम्पन्न प्रथम अधिबेशनबाट संस्थाको नेतृत्व परिवर्तन भएको छ । संस्थाको अध्यक्षमा हेमराज भट्ट सर्बसम्मत चयन भएका छन् । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः शोभा थापा मगर, कमल शाही, माधव कार्की र राष्टि बुढा मगर चयन भएका छन् । सदस्यहरुमा क्रमशः तपेन्द्र बहादुर मलाती, रबिन्द्र बोहरा, लोक बहादुर घर्ति, जानकी बिक, रमिता शाह, सुमन पनेरु चयन भएका छन् । नवनिर्बाचित पदाधिकारीहरुलाई निबर्तमान अध्यक्ष नमस्कार शाहले बधाई ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका अतिविपन्न महिलालाई सीप विकास तालिम

२३ श्रावण २०७९, सोमबार १८:२०
बर्दिया :  बर्दियाका अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले जीवन उपयोगी सीप विकास तालिम शुरु गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक सशक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि दुईदिने तालिम सञ्चालन गरिएको क्लवले जनाएको […]

सम्बन्धित