स्वास्थ्यकर्मी संघ स्थापना दिवसमा सचेतीकरण कार्यक्रम

सदरलाइन संवाददाता २४ जेष्ठ २०७९, मंगलवार १३:०४
 

नेपालगञ्ज : नेपाल स्वास्थ्यकर्मी संघको ३१ औं स्थापना दिवस बाँकेमा कोभिड सचेतीकरण कार्यक्रमको आयोजना गरी मनाइएको छ । संघको स्थापना दिवसको अवसरमा नेपालगञ्जको जमुनाहा नाकामा मास्क वितरणसँगै सचेतीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

त्यस अवसरमा बोल्दै नेपालगञ्जका मेयर प्रशान्त विष्टले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग जरुरी रहेको बताए । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरिनुपर्ने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने मेयर विष्टको भनाई छ ।


उनले कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा कार्यक्रम गरिएको हो ।

संघका अध्यक्ष टेकबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा दुई हजार मास्क र सेनीटाइजर वितरण गरिएको संघका सहसचिव तेज वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार दिनदेखि हराएकी बालिकाको शव भेटियो

२४ जेष्ठ २०७९, मंगलवार १३:०४
सुर्खेत : सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो । नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले […]