उद्योगी, व्यवसायीद्वारा नेपालगञ्जमा प्रदर्शन

२२ जेष्ठ २०७७, बिहीबार १३:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कर तिर्ने समय थप गर्न माग गर्दै उद्योगी, व्यवसायीले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।
सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उनीहरुले विहीवार नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
२५ जेष्ठभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरि अर्थ मन्त्रालयले कर तिर्ने समय सीमा ७ असारसम्म थप गरेपनि पर्याप्त नभएको भन्दै संघले व्यवसायीलाई प्रदर्शन गर्न आग्रह गरेको थियो ।
प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उद्योगी, ब्यवसायीले तीन महिनादेखि ब्यापार, व्यवसाय ठप्प भएकोले उक्त समयको कर महशुल मिनाह गर्न माग गरेका थिए । प्रदर्शनका क्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले ब्यापार, व्यवसाय बन्द भएको समयको कर तथा अन्य शुल्क मिनहा गरि धराशायी भएको ब्यापार, ब्यवसायलाई उठाउन सरकारसँग माग गरे ।

Next Post

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

२२ जेष्ठ २०७७, बिहीबार १३:४८
सदरलाइनडटकम, नेपालगञ्ज : सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीवार विहान घरमै मृत्यु भएको हो । उनी जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।

सम्बन्धित