सरकार र सीकेबीचको सहमति शंकास्पद : राप्रपा

२५ फाल्गुन २०७५, शनिबार १५:२७
 

सदरलाइनडटकम,
कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखण्डनकारी तत्वको जन्म भएको बताएका छन् । मिडिया नेपाल कञ्चनपुरले शनिवार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद रहेको बताएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा र सीके राउतले हस्ताक्षर गरेको सहमतिमा जनमत संग्रहको विषय उल्लेख नभए पनि राष्ट्र विखण्डनको विषयलाई जनताको अभिमतबाट सम्बोधन गर्ने कुरा उल्लेख गरिएकाले त्यो कदापी स्वीकार्य नहुने उनको भनाई छ ।
अध्यक्ष थापाले सम्झौतापत्रमा सीके राउतले प्रष्ट भाषामा राष्ट्रिय अखण्डताप्रति प्रतिबद्धता नगर्नु, विगतमा देश टुक्र्याउने अभिव्यक्ति दिएको विषयमा पश्चाताप नगर्नु र आफ्ना मागलाई जनमतबाट टुंग्याउने सहमति भएको छ भन्नुले आशंका बढाएको बताए । सरकारले एक हप्ताभित्र राष्ट्रिय अखण्डताबारेमा जनअभिमतबाट टुंग्याउने भन्ने शब्दका बारेमा धारणा सार्वजनिक नगरे राप्रपाले देशभर आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

Next Post

नेपाल र मलेशियाबीच मैत्रीपूर्ण फुटबल स्थगित

२५ फाल्गुन २०७५, शनिबार १५:२७
सदरलाइनडटकम, काठमाण्डौ : नेपाली राष्ट्रिय फुटबल टिम र मलेशियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेशियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसँग यही २६ मार्चका लागि तय भएको खेल तत्कालका लागि स्थगित भएको हो । मैत्रीपूर्ण खेलका लागि एएफसीले समेत अनुमति दिएको थियो […]