बाँकेका चार पालिका अध्यक्षहरुले गरे सपथ ग्रहण

सदरलाइन संवाददाता ८ जेष्ठ २०७९, आईतवार १७:०१
 

नेपालगञ्ज : स्थानीय तह निर्वाचनमा नवनिर्वाचित बाँकेका चार जना अध्यक्षले एकैपटक सपथ लिएका छन् । यसरी सपथ लिनेमा बाँकेका ४ गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरु रहेका छन् ।

नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा तप्तबहादुर पौडेल, प्रकाशबहादुर शाही, छब्बन खाँ र मोहम्मद इस्तियाक अहमद शाहले सपथ लिएका हुन् ।

पौडेल राप्तीसोनारी गाउँपालिका, शाही बैजनाथ गाउँपालिका, खाँ जानकी गाउँपालिका र शाह नरैनापुर गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष हुन् । जसमा नरैनापुरका शाह गाउँपालिका अध्यक्षमा पुनः दोहोरिएका हुन् ।


उनीहरुलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराएका हुन् । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट उनीहरु अध्यक्षमा निर्वाचित भएका हुन् ।

सपथ लिएका चारवटै पालिकाका अध्यक्षले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउनेछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ ।

सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु

८ जेष्ठ २०७९, आईतवार १७:०१
दाङ : दाङमा कृतिम जलाशयमा डुबेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १७ डबरीमा रहेको आरोग्य ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका ८ वर्षीय आयुष घर्तीको मृत्यु भएको हो । शनिबार दिउँसो २ः३५ बजे आयुषसहित ९ बर्षीय शिलम पुन, १० बर्षीय आयुष सुनार र १० […]