गुणस्तरीय क्वारेन्टाईनको बहसमा नरैनापुरमा रुखमुनी क्वारेन्टाईन

१६ जेष्ठ २०७७, शुक्रबार ०९:२०
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : कोरोनाको कहरबाट जोगिन मात्रृभुमि फर्किएकाहरु यतिबेला स्थानीय पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा छन् । अहिले क्वारेन्टाइनको गुणस्तरका बारेमा चर्को बहस भई रहेको छ ।

यस्तै बहसकै बीचमा बाँकेको नरैनापुर गाउपालिकाको एक मदरसामा बनाईएको एक क्वारेन्टाईनको दृश्य हो यो । उनीहरु भरतबाट नेपाल आएका हुन । बस्न स्थान अभावको कारण चर्को घाम होस वा हावाहुरी यसरी नै रुख मुनी उनीहरु क्वारेन्टाईनको दिन काटी रहेका छन् ।

क्वारेन्टाइनको गुणस्तरको बहस गर्नेहरुका लागि घरमै बसीबसी एक दरिलो विषय हुनसक्छ तर, नरैनापुरबासीको यो नियती नै बनेको छ ।


बाँकेको नरैनापुर जसले तराईको कर्णाली उपनाम पाएको छ । नेपालगन्जबाट मुस्किलले ४५ किलोमिटर पूर्व रहेको नरैनापुर साच्चिकै विकट छ ।

यो नरैनापुरको वडा नं.४ मा निर्मांण गरिएको एक क्वारेन्टाईन हो । यस क्वारेन्टाईमा बस्दै आएकाहरु अबको एकदुई दिनमा कोरोना परिक्षणपछि नतिजा नेगेटिभ आए घर फर्किने छन् ।

Next Post

कोरोनाबाट निको भएर फर्के नरैनापुरका तीन युवा

१६ जेष्ठ २०७७, शुक्रबार ०९:२०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको नरैनापुरका ३ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार वडा नम्बर १, ३ र ५ का १८, २५ र २० वर्षका युवा कोरोना जितेर शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका हुन् । नरैनापुरमा एक मृतकसहित ११४ जनामा […]