सदरलाइनडटकम
१९ मंसिर नेपालगन्ज : संविधान संशोधन प्रस्तावको विरोधमा बाँकेमा संयुक्त संघर्ष समिति निर्माण भएको छ । एमाले बाँके, माले बाँके, राष्ट्रिय जनमोर्चा बाँके, र नेपाल मजदुर किसान पार्टी बाँकेले संयुक्त रुपमा संविधान संशोधनका बिरुद्ध आन्दोलन चर्काउने भएका हुन ।
आईतबार साँझ एमाले बाँकेको कार्यालयमा भएको संयुक्त बैठकले संयुक्त संर्घष समिति निर्माण गर्दै जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत ज्ञापन पत्र बुुझाउने भएको छ । सोमबार १२ बजे एमाले पार्टी कार्यालयदेखि बिपी चोकहुँदै नेपालगन्जका विभिन्न भाग परिक्रमा गरेर जिल्ला प्रशाशन कार्यालय बाँकेमा ज्ञापन बुझाउने कार्यक्रम तय भएको एमाले सचिव रत्न खत्रीले जानकारी दिए ।
उनले सो विरोध कार्यक्रममा सहभागि हुनको लागि बाँके बासीलाई अफिल समेत गरेका छन् । संविधान संशोधन बिरुद्धको आन्दोलन राट्रियतासंग जोडिएको भन्दै भेरी बस व्यावसायि समितिले समेत समर्थन जनाएको उनले बताए ।
यसैगरी एमाले निकट विद्यार्थी संगठन अनेरास्वविय बाँकेले आईतबार बिहान संविधान संशोधनको बिरुद्ध महेन्द्र बुहमुखि क्याम्पस अघाडि एक घण्टा चक्का जाम गरेका छन् । अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहको नेतृत्वमा भएको सो चक्का जाम कार्यक्रममा संविधान संशोधन प्रस्तावमा प्रदेश नं. ५ लाई टुक्राउने प्रस्ताबको चर्को बिरोध गरिएको थियो ।